मेक्सिको, मेक्सिको सिटी — करिब २ करोड २० लाख जनसंख्या रहेको मेक्सिको सिटी तीव्र गतिमा जमिन धसिँदै गएको तथ्य नयाँ उपग्रह तथ्यांकले देखाएको छ। नासाको शक्तिशाली रडार प्रणालीबाट प्राप्त तस्बिरअनुसार सहरका केही भाग महिनामा करिब ०.५ इन्चभन्दा बढी दरले तल झरिरहेका छन्, जसले यसलाई विश्वकै सबैभन्दा छिटो धसिने राजधानीमध्ये एक बनाएको छ।
उच्च भूभागमा रहेको पुरानो तालमाथि फैलिएको यो सहर मुनि रहेको जलभण्डार (एक्विफर) बाट करिब ६० प्रतिशत खानेपानी आपूर्ति हुन्छ। तर वर्षौँदेखि अत्यधिक मात्रामा पानी निकालिँदा जमिनमाथिको सतह खस्किन थालेको हो। यसले दीर्घकालीन पानी संकट समेत निम्त्याएको छ, जसका कारण भविष्यमा पानी पूर्ण रूपमा सकिने जोखिम बढेको बताइएको छ।
तेज शहरीकरण र नयाँ संरचना निर्माणले जमिनमाथि थप भार परेकाले समस्या झन् गम्भीर बनेको छ। मेक्सिको सिटीमा जमिन धसिने समस्या पहिलो पटक सन् १९२० को दशकमा अभिलेख गरिएको थियो। त्यसयता सडक चिरिनु, भवनहरू ढल्किनु र रेल प्रणालीमा क्षति पुग्नुजस्ता असर देखिँदै आएका छन्।
हालै नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाको संयुक्त परियोजनाबाट सञ्चालन गरिएको निसार उपग्रहले सहरको जमिनको सानो-सानो चाल समेत मापन गर्न सक्षम छ। सन् २०२५ अक्टोबरदेखि २०२६ जनवरीसम्मको अवधिमा लिइएको तथ्यांकले सहरका केही भाग महिनामा करिब ०.८ इन्चसम्म धसिएको देखाएको छ, जुन वार्षिक रूपमा करिब ९.५ इन्च बराबर हुन्छ।
सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसमेत पर्छ। साथै, सहरको प्रसिद्ध स्वतन्त्रता स्मारकमा जमिन तल झर्दै जाँदा आधारमा थप सिँढी निर्माण गर्नुपरेको छ।
वैज्ञानिकहरूका अनुसार यस्ता उपग्रह प्रविधिले पृथ्वीका अन्य जटिल प्रक्रिया जस्तै हिमनदी सर्ने, बालीको वृद्धि र प्राकृतिक विपद् निगरानी गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
विश्वका ठूला सहरमध्ये एक मेक्सिको सिटी तीव्र गतिमा धसिँदै, अन्तरिक्षबाट समेत स्पष्ट