फिनल्यान्डमा बलात्कारसम्बन्धी आशंकित अपराधको नयाँ तथ्यांक सार्वजनिक

को तथ्यांक निकाय ले सन् २०२५ सम्बन्धी अपराध तथा अनुसन्धान तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकअनुसार गत वर्ष हिंसा तथा यौन अपराधका पीडितको संख्या ७२ हजार पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.१ प्रतिशतले बढी हो।

तथ्यांकअनुसार सन् २०२५ मा बलात्कार वा गम्भीर बलात्कारको आशंकामा १,०८० जनामाथि अनुसन्धान गरिएको थियो। तीमध्ये ३६४ जना अर्थात् ३३.७ प्रतिशत विदेशी पृष्ठभूमिका थिए। तर पुरानो र नयाँ दुवै कानुनी परिभाषाअन्तर्गतका घटनालाई समेटेर हेर्दा विदेशी पृष्ठभूमिका आशंकितहरूको अनुपात घटेको देखिएको छ।

सन् २०२४ मा यस्तो अनुपात २७.८ प्रतिशत रहेकोमा सन् २०२५ मा २५.४ प्रतिशतमा झरेको तथ्यांकमा उल्लेख गरिएको छ। यसअघि प्रारम्भिक तथ्यांकका आधारमा विदेशी पृष्ठभूमिका व्यक्तिको संलग्नता बढेको भनिए पनि पछि संशोधित विवरणमा अनुपात वास्तवमा घटेको स्पष्ट पारिएको हो।

फिनल्यान्डमा बलात्कारसम्बन्धी कानुन जनवरी १, २०२३ देखि “सहमति आधारित” परिभाषामा परिवर्तन गरिएको थियो। त्यसपछि पुरानो कानुनअन्तर्गत भएका केही घटनाको अनुसन्धान अझै जारी रहेकाले तथ्यांक तुलना गर्दा दुवै कानुनी ढाँचालाई समेट्नुपर्ने बताइएको छ।

का अनुसार फिनल्यान्डमा गत वर्षको अन्त्यसम्म ६ लाख ६० हजार ८०० विदेशी पृष्ठभूमिका व्यक्ति बसोबास गरिरहेका थिए, जुन कुल जनसंख्याको ११.७ प्रतिशत हो।

सार्वजनिक गरिएको विवरणअनुसार बलात्कारसम्बन्धी अनुसन्धानमा संलग्न आशंकित विदेशी नागरिकमध्ये सबैभन्दा धेरै का नागरिक थिए। तथ्यांकमा नेपालका ११ जना नागरिक पनि सूचीमा परेका छन् र नवौ स्थानमा छ।

सन् २०२१ मा प्रकाशित एक सरकारी अध्ययनले विशेषगरी वयस्कमाथि हुने बलात्कार घटनामा विदेशी पृष्ठभूमिका व्यक्तिहरूको अनुपात उच्च रहेको उल्लेख गरेको थियो। त्यस्तै सन् २०१४ को एक अनुसन्धानले सामाजिक तथा जनसांख्यिकीय अवस्था समान बनाएर तुलना गर्दा अफ्रिका र मध्यपूर्व मूलका पुरुषहरूमा बलात्कार अपराधको दर जन्मजात फिनिश नागरिकको तुलनामा उल्लेखनीय रूपमा बढी रहेको जनाएको थियो।

तथ्यांकअनुसार सन् २०२५ मा हिंसा तथा यौन अपराधका महिला पीडित ३४ हजार ९०० पुगेका छन्, जुन अघिल्लो वर्षभन्दा ६.६ प्रतिशत बढी हो। पुरुष पीडितको संख्या ३७ हजार १०० रहेको छ। कुल पीडितमध्ये २० हजार नाबालिग रहेका छन्।

Scroll to Top