वीरगञ्ज, २०८३ मंसिर ९। पर्सा प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका २२ लाख दुई हजार ७०० रुपैयाँ बराबरका सामानसहित तीनवटा गाडी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–१० रानीघाटबाट भारतबाट भन्सार छली गरी ल्याइएका चार लाख २३ हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो।
त्यसैगरी, तीनवटा गाडीमा भन्सार छली गरी ल्याउँदै गरेको १७ लाख ७९ हजार २०० रुपैयाँ बराबरका कपडालगायतका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान र गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
