स्वर्णिम र शिशिरसँगको तस्वीर सेयर गर्दै बालेनले लेखे, ‘देश उँभो लाउने टोली !’

काठमाडौं, २०८३ मंसिर ८। प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै उनीहरूलाई ‘देश उँभो लाउने टोली’ बताएका छन्।

भारत भ्रमणका क्रममा जहाजभित्र खिचिएको तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’

तस्वीरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल उभिएको देखिन्छ। उनीहरू प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा सहभागी भएका थिए।

यसअघि पनि प्रधानमन्त्री शाहले मन्त्री सुधन गुरुङ र सुनिल लम्सालसँगको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै टिप्पणी गरेका थिए।

Scroll to Top