नेपाल प्रहरीका तीन एसपीसहित अधिकृतको जिम्मेवारी हेरफेर

काठमाडौं, २०८३ मंसिर ३। नेपाल प्रहरीका तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित ११ जना प्रहरी अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ। प्रहरी महानिरीक्षक डा. मनोज केसीले तीन एसपी र आठ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गर्ने निर्णय गरेका हुन्।

प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखामा कार्जी कुमार आचार्यलाई ल्याइएको छ। उक्त शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ। एसपी सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोमा खटाइएको छ।

त्यसैगरी, डीएसपी विश्वराज अधिकारीलाई प्रहरी प्रधान कार्यालयको केन्द्रीय लेखा शाखामा, तर्कराज पाण्डेलाई आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा र दानबहादुर थापालाई कर्मचारी प्रशासन शाखामा जिम्मेवारी दिइएको छ।

कर्मचारी प्रशासन शाखामा कार्यरत मदक कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रबन्ध शाखामा कार्यरत प्रकाश थापालाई पहरा गणमा र केन्द्रीय लेखा प्रमुख शेखरजंग मल्ललाई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पठाइएको छ।

यसैगरी, अछाममा कार्यरत डीएसपी पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय इनरुवामा कार्यरत डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालतस्थित सुरक्षा कार्यालयमा सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार डीएसपी बम र बस्नेतलाई प्रहरी स्टाफ कलेजको तयारीका लागि कार्यबोझ तुलनात्मक रूपमा कम भएका कार्यालयमा खटाइएको हो।

स्रोत: रातोपाटी, सौराहा अनलाइन, हाम्रो पात्रो

Scroll to Top