संविधान संशोधनसम्बन्धी छलफल जेनजी युवाहरूले गरे बहिष्कार

काठमाडौं, जेठ १ — संविधान संशोधनका विषयमा बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलले बोलाएको छलफलमा जेनजी समूहका युवाहरू सहभागी नभएका छन्। उनीहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू हालको अवस्थामा छलफलमा सहभागी हुन नसक्ने बताएका हुन्।

२५ जना जेनजी प्रतिनिधिहरूले सरकारसमक्ष आफ्ना ६ बुँदे माग पूरा गर्न आग्रह गरेका छन्। उनीहरूले माग सम्बोधन नभएसम्म यस्ता छलफलमा सहभागी नहुने स्पष्ट पारेका छन्।

वक्तव्यमा मंसिर २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ। साथै, भदौ २३ र २४ गतेको आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेका तथा मुद्दा खेपिरहेका आन्दोलनकारीहरूलाई रिहा गर्न र उनीहरूमाथिका मुद्दा फिर्ता लिनुपर्ने माग पनि गरिएको छ।

उनीहरूले आन्दोलनका क्रममा प्रभावित शहीद परिवार र घाइतेहरूले न्याय पाउनुपर्ने विषय पनि उठाएका छन्।

Scroll to Top