Headline
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि आक्रमणको प्रयास
​एम्नेस्टी इन्टरनेसनलद्वारा सुकुम्बासी बस्ती हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग
इरान वार्ताका लागि पाकिस्तान जाने अमेरिकी टोलीको भ्रमण ट्रम्पद्वारा रद्द
इजरायलका प्रधानमन्त्री नेतन्याहूलाई क्यान्सर
एआईमा लगानी बढाउँदै Meta ले हजारौं कर्मचारी कटौती, करिब १४ हजार पद प्रभावित
युक्रेनको तत्काल EU सदस्यता असम्भव, चरणबद्ध समायोजनको पक्षमा जर्मन चान्सलर मर्ज
अमेरिकाको विश्वसनीयतामाथि प्रश्न, युरोपलाई स्थिर विकल्पका रूपमा प्रस्तुत गर्दै म्याक्रों
अमेरिका र इरानबीच आज पाकिस्तानमा उच्चस्तरीय वार्ताको सम्भावना

​एम्नेस्टी इन्टरनेसनलद्वारा सुकुम्बासी बस्ती हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग

काठमाडौँ, बैशाख १३, २०८३ (अप्रिल २६, २०२६)

​एम्नेस्टी इन्टरनेसनल नेपालले काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरूमा भइरहेको बलजफ्ती निष्कासन र डोजर चलाउने कार्यलाई तत्काल रोक्न सरकारसँग जोडदार माग गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा शनिबार बिहानैदेखि थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका नदी किनारका बस्तीहरू भत्काउन सुरु गरेपछि संस्थाले यस्तो प्रतिक्रिया दिएको हो।

​एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निरजन थापलियाले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो कदमलाई “विधिको शासनको खतरनाक क्षय” र “निरंकुश शैली” को संज्ञा दिइएको छ। विज्ञप्तिमा भनिएको छ कि उचित प्रमाणीकरण, अर्थपूर्ण परामर्श र वैकल्पिक आवासको ग्यारेन्टी बिना सयौँ परिवारलाई घरबारविहीन बनाउनु नेपालको संविधानको धारा ३७ र अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वको ठाडो उल्लंघन हो।

​संस्थाले सरकारलाई सुकुम्बासी बस्ती हटाउने कार्य तत्काल स्थगित गरी मानवअधिकारको सम्मान गर्न आग्रह गरेको छ। एम्नेस्टीले कुनै पनि बस्ती हटाउनुपूर्व वास्तविक सुकुम्बासीहरूको उचित पहिचान र प्रमाणीकरण प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। यसका साथै, प्रभावित समुदायसँग अर्थपूर्ण संवाद र परामर्श गरी उनीहरूका लागि सुरक्षित र सम्मानजनक वैकल्पिक बसोबासको व्यवस्था गरेर मात्र अगाडि बढ्न एम्नेस्टीले सरकारको ध्यानाकर्षण गराएको छ।

​प्रधानमन्त्री शाहले भने नदी किनारका “अव्यवस्थित र बाढीको जोखिमयुक्त” क्षेत्रहरू सफा गर्न र काठमाडौँको ढल निकास प्रणाली सुधार गर्न यो कदम आवश्यक रहेको दाबी गर्दै आउनुभएको छ। तर, अधिकारकर्मीहरूले भने पर्याप्त पूर्व-सूचना र पुनःस्थापनाको योजना बिना डोजर चलाउँदा सीमान्तकृत समुदायमाथि मानवीय संकट सिर्जना हुने चेतावनी दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top