पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको ‘मुन्धुम ट्रेल’ ( भिडियो )

माघ – पटर्यटन वर्ष २०२० लाई मध्ये नजर गर्दा भोजपुरको मुन्दुम ट्रेल पनि एक गन्तव्यको रुपमा लिन सकिन्छ ।

नेपाल सरकारले छानेका सय ओटा पर्यटकिय क्षेत्र मध्ये यो ट्रेल पनि समेटिएको पर्यटकिय क्षेत्र हो । प्राकृतिक सुन्दरता बोकेका ठाउँहरुको भ्रमण गर्न विदेशी पर्यटकहरु वर्षेनि हजारौँको संख्यामा नेपाल भित्रिने गर्छन । तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर हिमाललाई नजिकबाट हेर्न चाहने पर्यटकहरुलाई यो ठाउँ उपयुक्त मानिन्छ ।

भोजपुरको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ टेम्केमैयुङ गाउँपालिका पनि जुटेको अवस्था छ । जसको लागि पदमार्गमा जाने आन्तिरिक तथा वाध्य पर्यटकको सुविधालाई ध्यान राख्दै संरचनाहरु निर्माण भईरहेका छन् ।

मैयुङडाँडा अन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने पहिलो गन्तव्य स्थलका रुपमा स्थापित हुन थालेको छ । अग्ला हिमश्रृङखला देखि तराईका फाँट हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।

Advertisement