अमेरिकन आइडलमा नेपाली युवा दिवेशको दमदार प्रस्तुती, शीर्ष २० मा पुगे

अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल शोको टप २० मा पुगेका छन् ।

यो पटक उनले विश्वचर्चित गायक बब मार्लीको गीत गएका थिए । सुरुदेखि नै जज र फ्यानको मन जितिरहेका दिवेशलाई यो पटक पनि तिनै जना जजहरुले उठेर उनको खुब तारिफ गरेका छन् । दिवेशको टप २० मा छनोट हुने प्रस्तुती हेर्न उनको पूरै परिवार पुगेका थिए ।

अमेरिकन आइडलको १८ औं श्रृङ्खलाको निर्णायकमा भने ब्रायनसँगै केटी पेरी, लाइनल रिची छन्। फ्रेब्रुअरी १६ देखि प्रसारणमा आउने अमेरिकन आइडल पोखरेलकै कारण पनि नेपाली दर्शकका लागि यो सिजन खास बनेको छ। सन् २०१३ मा अमेरिका पुगेका गायक पोखरेलले यसअघि ‘न्यानो घर’,’मन’,’समुन्द्र पारी’, ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरेका थिए। गायक दिवेशको स्टेज नाम ‘अर्थर गन’ हो।

दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए ।

Advertisement