प्रधानमन्त्री ओलीकाे जन्मघरलाई संग्रहालय बनाइने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा रहेको उहाँको घरलाई संग्रहालय बनाइने अवधरणा अघि सारिएको छ। प्रधानमन्त्री ओली निकटका एक स्थानीय नेता भीम घिमिरेले प्रधनमन्त्री जन्मिनु भएको गाउँको घर पुरानै अवस्थामा ऐतिहासिक रुपमा उभिएकाले सो घरलाई संग्रहालय बनाइने बताउनु भएको छ ।

त्यसको तयारीस्वरुप अहिले सो घरको नजिकै हेलिप्याडसमेत बनाइको छ। प्रधानमन्त्री ओलीको आगामी फागुन ११ गते जन्मदिन परेको हुनाले उहाँले आफ्नै जन्मस्थानमा जन्मोत्सव मनाउने ईच्छा व्यक्त गरेको समेत नेता घिमिरेले बताउनु भयो। हेलिप्याडले संग्रहालय को पूर्वाधारका साथै प्रधानमन्त्री ओलीलाई त्यहाँ पुर्याउन समेत सजिलाे हुनेछ ।

केहि दिनअघि तेह्रथुमको म्याङ्लुङबाट गएकाे १५ जना सम्मिलित नेपाली सेनाकाे टोली सो स्थानमा पुगेर हेलिप्याड तयार गरेको हो । हेप्यिाड तयार गर्न प्रधानमन्त्री ओली स्वयंमले ७ लाख रुपैयाँ उपलब्ध गराउनु भएको थियो । यस क्षेत्रमा अहिलो अन्य जग्गा पनि थप गरेर पर्याप्त रुपमा थप भौतिक पूर्वाधार निर्माण गरी आकर्षक र व्यवस्थित तवरले संग्रहालय बनाउने अवधारणा अघि सारिएको स्थानीय नेताहरुको भनाइ छ ।

साथै यो क्षेत्रमा कृषि तालिम केन्द्र वा प्राविधिक शिक्षालय मध्ये एक निकाय समेत स्थापना गरिने अवधारणा अघि सारिएको नेता घिमिरेले न्युज २४ लाइ जानकारी दिनुभयाे । यसका लागि अध्ययन- अनुसन्धान छिट्टै हुने उहाँकाे भनाइ छ । लामो समयदेखि आठराई क्षेत्रमा एयरपोर्टको चर्चा चलिरहे पनि निर्माणको काम हुन सकेकाे छैन । यसै अवस्थामा प्रधानमन्त्री ओलीले अब छिट्टै चुहानडाँडामा एयरपोर्ट बन्ने संकेत दिनुभएको छ ।

यसअघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व रवीन्द्र अधिकारीले पनि एयरपोर्टका लागि चुहानडाँडाको स्थल अवलोकन गरिसक्नु भएको थियो । जहाँबाट फर्कने क्रममा गत साल फागुन १५ गते हेलिकप्टर दु’र्घटनामै उहाँकाे ज्यान गयाे । बर्त मान पर्यटनमन्त्री योगेश भट्टराईले पनि सो क्षेत्रमा पुगेर स्थलगत अध्ययन गर्दै एयरपोर्ट निर्माणको काम चाँडै सूरु हुने उद्घोष गरिसक्नु भएको छ । प्रधानमन्त्री ओलीको इवा स्थित पुर्ख्याैली जग्गा उहाँका बुबाले बेचेर पहिले नै झापा बसाइ सर्नु भएकाे थियाे ।

तर पहिलोपटक प्रधानमन्त्री भएका बेला सो जग्गा ओलीले आफ्नो नाममा फिर्ता लिनु भएकाे थियाे । अहिले सो घरलाई नियमित रेख देख र संरक्षण गरिँदै आएको स्थानीय नेता घिमिरेले बताउनु भयो । प्रधान मन्त्री ओली विसं २००८ साल फागुन ११ गते तत्कालीन इवा गाविसको ‘तीनसल्ले’ भन्ने स्थानमा जन्मनु भएको थियो । हाल यो स्थान आठराई गाउँपालिकाको वडा नंबर ४ मा पर्दछ । बाल्यकाल यही बिताएका ओली प्राय: कमै तेह्रथुम पुग्नु भएकाे छ । प्रधानमन्त्री ओली सानै छँदा उहाँको परिवार झापा भरेकाले उहाँले तेह्रथुमबाट प्रथामिक तहको शिक्षा मात्रै लिनुभएकाे थियाे ।

Advertisement