बुहारी भएपनि ९ बजे सम्म सुत्न पाएकी छु : ऋचा शर्मा

काठमाडौ – नायिका ऋचा शर्मा र दिपेक्ष बिक्रम राणाको रिसेप्सन पार्टीमा नव दम्पतिले मिडियासंग अन्तरक्रिया गर्दै नयाँ वैवाहिक जीवनको अनुभव सुनाएका छन् । ऋचा र दिपेक्षले विवाह पश्चात पनि हामी एक अर्काको कामलाई सम्मान गर्दै हस्तछेप नगर्ने भन्दै वाचा समेत गरेका छन् ।

ऋचा शर्माले विवाह पछि बुहारी भएर जीवनको नयाँ अध्याय सुरु गर्दा कस्तो अनुभव भयो भन्ने प्रश्नमा खुशी हुँदै भनिन्: “म एकदमै भाग्यमानी महशुस गरिरहेकी छु कि यत्ति माया गर्ने र बुझिदिने परिवारको बुहारी हुन पाएकी छु । मलाई आफ्नो काम देखि केही कुरामा पनि हस्तछेप देखि केही छैन । विवाह गरेको ५ दिन भईसक्यो बिहान ९ बजे सम्म सुत्न पाएकी छु, बेड मै ब्रेकफास्ट आउँछ, झाडु कुच्चो लाउनु पर्दैन । त्यो भन्दा बढि कत्ति माया पाउनु बुहारी भएर जाँदा ।”

दिपेक्ष बिक्रम राणाले पनि विवाह पश्चात ऋचालाई चलचित्र छेत्रमा काम गर्न कहिले पनि नरोक्ने वा कुनै खालको दबाब नदिने बताएका छन् । दिपेक्ष भन्छन्: “हामी हाम्रो कामलाई कहिले पनि छोड्दैनौ, म पनि आफ्नो कार्यमा लाग्छु ऋचा पनि लाग्छिन । यो छेत्र छोड्नु पर्दैन र म पनि आफ्नो व्यवसाय तर्फ लाग्छु । माया र आफ्नो क्यारियरसंगै दौडिन्छ । केही दिन पछि नै ऋचा शुटिङ्ग तर्फ लाग्दैछिन ।”

ऋचा शर्माले विवाह गरेर जाँदा रुदिन भन्दा भन्दै आफुलाई सम्हाल्न नसकेर रोएको कुरा पनि उल्लेख गरेकी छिन । आमा र हजुरआमासंग हुर्केकी ऋचालाई आमाको स्नेह र प्रेमले भावुक बनाएर छुटिने बेला आखाबाट आशु झरेको बताएकी छिन । हनिमुनको बारेमा पनि यो जोडीले एकसाथ भने: “पहिला हामी आफ्नै देशमा घुम्ने सोचेर रारा वा मुस्ताङ्ग जाने प्लानमा छौ । चाडै नै समय जुटाएर हामी देश नै घुम्छु र भ्रमण वर्ष २०२० लाई साथ दिन्छौ ।”

Advertisement