आन्दोलित विद्यार्थी र स्थानीयमाथि प्रहरीले चलायो गोली

स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ ।

भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको छ । स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ वर्षीया प्रकृति चन्द बाबुले चलाएको भे.६प २७४० नम्बरको स्कुटरमा बसेर स्कुल जाँदै थिइन् ।

पछिपछि आउँदै गरेको ना.२ख ९४५९ नम्बरको ट्रकले पौने १० बजे ठक्कर दिएपछि बाबुछोरी दुईतिर उछिट्टिए । बीच सडकतिर लडेकी प्रकृतिलाई ट्रकको पछाडिको चक्काले पेल्यो । बाबु सामान्य घाइते मात्रै भए ।

Advertisement