हिन्दू राष्ट्र माग गर्ने राप्रपा कार्यकर्तामाथि लाठीचार्ज

काठमाडौँ – हिन्दू राष्ट्रको माग राख्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ता लाई प्रहरीले लाठीचार्ज गरेको छ।

राप्रपाका अध्यक्ष कमल थापाले प्रदर्शनमा उत्रिएका कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरि कार्यकर्तामाथि लाठीचार्ज गरेको हो । सो क्रममा प्रहरीले राप्रपाका अध्यक्ष थापालाई केहिबेर नियन्त्रणमा लिएर छोडेको थियो।प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको राप्रपाले हिन्दूराष्ट्र लगायत २२ बुँदे माग राखेर भृकुटीमण्डपमा धर्ना दिईरहेको थियो ।प्रहरीले अध्यक्ष थापासहित नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।

पूर्वघोषित आन्दोलनको क्रममा राप्रपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि पुतली सडकबाट अध्यक्ष थापालाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ।प्रहरीको लाठीचार्जबाट घाइते भएका राप्रपाका ३० भन्दा बढी कार्यकर्ता मोडल हस्पिटलमा उपचार गराईरहेका छन्।

Advertisement