सुनसरीमा भयानक दुर्घटना, एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको घटनास्थलमै मृत्यु

सुनसरी – सुनसरीमा एम्बुलेन्स र ट्क ठोक्किदा ७ जनाको ज्यान गएको छ ।

शनिबार राति १२:२० बजेको समयमा सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा भएको सवारी दुर्घटना ७ जनाको घटनास्थलमै ज्यान गएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहालले जानकारी दिएका छन्।

पूर्वपश्चिम-राजमार्गस्थित हरिपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स वीरगन्जबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। मृत्यु हुने सातै जना एम्बुलेन्समा सवार रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स पूर्णरुपमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा नगरपापलिकाल उदयपुरका राजेश दनुवार दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राइ र शिवमाया राई रहेका छन् । मृतक सबैको शव सुनसरी सदरमुकामस्थित इनवरुवा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको प्रकृति हेर्दा दुबै सवारीसाधन तीब्रगतिमा भएको अनुमान शर्माको छ । उनले दुबै सवारीसाधन ७० । ८० किमी प्रतिघण्टाको गतिमा हुनुपर्ने बताए । उनका अनुसार ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो । उनले मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको बताए । एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो ।

Advertisement