उपचार गर्न आएकी युवतीलाई बलात्कार प्रयास गर्ने डाक्टर पक्राउ

काठमाडौं – उपचार गर्न आएकी एकजना युवतीलाई बलात्कार प्रयास गरेको अभियोगमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार पीडित युवतीको उजुरीपछि मेडिसिटीका डाक्टर रोहितप्रसाद झालाई पक्राउ गरिएको छ। ‘केही दिनअघि उपचारका लागि पुगेकी युवतीमाथि डाक्टर झाले बलात्कार प्रयास गरेको उजुरी परेको छ’, राईले भने, ‘पीडित युवतीको उजुरीपछि डाक्टर झालाई हामीले आज (सोमबार) हिरासतमा लिएका छौँ।’

पक्राउ परेका झालाई ललितपुर परिसरको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ। ‘अनुसन्धान भइरहेको छ, अहिलेलाई यति भनौँ’, एसएसपी राईले भने, ‘पीडक भनिएका डाक्टर हिरासतमा आइसकेकाले अब छानबिन अघि बढ्छ।’

Advertisement