आज किरात धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ – किरात धर्माबलम्वीले सोमबार धुमधामका साथ धर्मगुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाइरहेका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुमसहित प्रदेश १ का अघिकांश जिल्लामा कार्यक्रम भइरहेको छ।

सोमबार विभिन्न जिल्लामा किरात धर्म तथा साहित्य उत्थान संघको आयोजनामा विभिन्न कार्यक्रम भइरहेका छन् । संघका ताप्लेजुङ सचिव ज्ञानु फुरुम्बो लिम्बूका अनुसार फुङलिङ नगरपालिकाको काहुलेस्थित किराँत हाङसाम माङहिममा (मन्दिर) शुभकामना आदानप्रदान तथा महागुरुको जीवनीबारे अन्तरक्रियाको आयोजना गरिएको छ ।

त्यसअघि फुङलिङ बजारमा जातिय झाँकीसहितको र्‍याली निकालिएको छ। संघले आइतबार कविता प्रतियोगिता गरेको थियो । इलामको माङसेवुङसहित विभिन्न स्थानमा कार्यक्रम भइरहेका छन् । तेह्रथुममा पनि कार्यक्रम भइरहेको छ।

Advertisement