नेकपाले २० औं वर्षसम्म चुनाव जित्छ : वामदेव गौतम

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले २० औं वर्षसम्म चुनाव जित्ने दाबी गरेका छन् ।

प्रदेशसभाको उपनिर्वाचनमा उमेदवारी मनोनयन र्‍यालीलाई सम्बोधन गर्न भक्तपुर पुगेका गौतमले नेकपाको हातमा समृद्धिको जिम्मेवारी भएको बताउँदै त्यसका लागि जनताले साथ दिने बताएका हुन् ।

उनले भने, ‘नेपाली जनताको जीवनस्तर उन्नत बनाउने र राष्ट्रको संरक्षणको जिम्मेवारी छ । हामीले गरेको परिवर्तनको रक्षा र विकास गर्ने जिम्मेवारी छ । यो कसैले गर्न सक्दैन । हाम्रै दायित्व छ ।’

Advertisement