समाजवादी विद्यार्थी युनियनले जलाए मोदीको पुत्ला

काठमाडौँ – भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामानेपालको भूभाग गाभिएको विरोधमा समाजवादी विद्यार्थी युनियनले त्रिवि केन्द्रीय क्याम्पसमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् । भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै यसबेला देशभर प्रदर्शनहरु भइरहेका छन् ।

केही दिनअघि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका कालापानी,लिपुलेक,लिम्पियाधुरालाई समेत राखिएको छ ।

Advertisement