सभामुख महराद्वारा राजीनामा

काठमाडौं – सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्। संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन्।

आइतबार साँझ महराले तिनकूनेस्थित ति महिलाको डेरामा गएर बलात्कार गरेको भन्दै सोमबार समाचार सार्वजनिक भएको थियो।

ति महिलाले सभामुख महरामाथि बलात्कार आरोप लगाएपछि उनकौ चौतर्फि विरोध हुँदै आएको थियो । तर सभामुखको नीजि सचिवालयले भने उक्त आरोप झुटो रहेको भन्दै खण्डन गरेको थियो।

Advertisement