भारतीय प्रोफेशरले भने मोदीलाई इतिहास थाहा छैन, बुद्ध नेपालले दिएको हो भारतले होईन !

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटकपटक भारतले विश्वलाई बुद्ध दिएको बताउँदै आएका छन् । विश्वलाई थाहा भएको सत्य के हो भने सिर्दाथ गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । उनले शिक्षा लिएको बोधगयामा हो जुन भारतमा पर्दछ ।

यसको अर्थ बुद्ध विश्वलाई भारतले दिएको होईन । मोदीले विश्वलाई पटकपटक मुर्ख बनाउने प्रयत्न गरेको भए पनि विश्वलाई थाहा छ बुद्ध कस्ले दिएको हो ? यो पटकको सम्बोधनमा पनि मोदीले यो विवाद बाहिर ल्याएका छन् । नेपालमा यसलाई दुई थरी तरिकाले हेर्न थालिएको छ ।

भारतमा गएर ध्यान गरेको हुँदा भारतले बुद्ध हामीले दिएको भन्न पाउनुपर्ने भन्ने कतिपयको धारणा रहेको छ । यसमा धेरै जसो भारतीय जनता पार्टी र मोदीको हिन्दुवादलाई समर्थन गर्ने नेपालीहरु पनि रहेका छन् । भारतका चर्चित सञ्चारमाध्यमहरुले पनि यो कुरा देखाउन अफट्यारो मानेनन् ।

यो भिडबाड उठेर एक भारतीयले मोदीको आलोचना गरेका छन् । शान्ति र संघर्ष अनुसन्धानका प्राध्यापक अशोक स्वाइनले संयुक्त राष्ट्र महासभामा मोदीले आफ्नो भाषणमा बुद्धबारे दिएको भ्रमबाट मुक्त हुन सबैलाई अनुरोध गरेका छन् ।


सामाजिक सञ्जाल ट्वीटरमा उनले यस विषयमा लगातार दुई ट्वीट गरेका छन् । पहिलोमा उनले भनेका छन, ‘संयुक्त राष्ट्र महासभामा आफ्नो भाषणमा मोदीले भारतले विश्वलाई बुद्धले दिएको कुरा दाबी गरे । बुद्धको जन्म भारतमा भएको थिएन, नेपालको लुम्बिनीमा भएको हो । मोदीको इतिहासको विकृति राष्ट्रिय लाजमर्दो विषय हो ।’

Advertisement