मेयर रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा अश्लील पोष्ट गर्ने पक्राउ

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा अश्लील पोष्ट गर्ने,स्टाटस राख्ने एक जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले पूर्वी चितवनका पशुपती श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । उनलाई साइबर क्राइम अन्तर्गत मुद्धा चल्ने चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले जानकारी दिए । फेसबुकमा जथाभावी लेख्ने विरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको थियो । महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी आइतबार दिउँसो दर्ता गराएको हो ।

शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्वीर जोडी अर्धनग्न तस्वीर, फेसबुक स्टाटस र फेक आइडी बनाई पोष्टसमेत गरेका थिए ।

Advertisement