‘पशुपति हाम्रो हो र पूजारी हाम्रो हुनुपर्छ’ : दीपशिखा

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले पशुपतिको पूजारी बदल्नुपर्ने माग राखेका छन् ।

उनले पशुपति नेपालको भएकाले नेपाली पूजारी हुनुपर्ने जिकिर गरे । उनले भने, ‘पशुपति हाम्रो हो र पूजारी हाम्रो हुनुपर्छ ।’ विगतमा पशुपतिको पूजारी बदल्नुपर्छ भन्दा विरोधमा नाराजुलुस लगाउनेहरु समेत भएको भन्दै त्यस्तो गतिविधि आलोचित भएको बताए ।

विगतमा माओवादीले सरकारको नेतृत्व गर्दा पशुपतिको पूजारी भारतीय भट्ट बदल्दा विरोध भई पुरानै प्रथा कायम राखिएको अवस्थामा सत्तारुढ नेकपाको भातृ संगठनका नेताको भनाई आएको हो ।

प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा आइतबार राति अन्तवार्ता दिदै पशुपति नेपालको भएकाले नेपाली पूजारी हुनुपर्ने जिकिर गरे । उनले भने, ‘पशुपति हाम्रो हो र पूजारी हाम्रो हुनुपर्छ ।’ विगतमा पशुपतिको पूजारी बदल्नुपर्छ भन्दा विरोधमा नाराजुलुस लगाउनेहरु समेत भएको भन्दै त्यस्तो गतिविधि आलोचित भएको बताए ।

विगतमा माओवादीले सरकारको नेतृत्व गर्दा पशुपतिको पूजारी भारतीय भट्ट बदल्दा विरोध भई पुरानै प्रथा कायम राखिएको अवस्थामा सत्तारुढ नेकपाको भातृ संगठनका नेताको भनाई आएको हो ।

Advertisement