ईटहरी – ईटहरीको मुख्य चोकमा गायक पल लिम्बू कुटिएका छन । पुर्ण परिचय नखुलेका ब्यक्तिबाट बिहिवार राती ११:४५ बजे उनि कुटिएका हुन् ।
मोरङको गोठगाउमा कार्यक्रम सकेर ईटहरी घर फर्किने क्रममा मुख्य चोकमा स्कुटरमा आउदै गरेका लिम्बूलाई २ ओटा बाईकमा आईरहेका कोहि अज्ञात ब्यक्तिले पछाडिबाट हिर्काएका थिए ।
स्कुटर चलाईरहेका आफुलाई हिर्काए पछि स्कुटर रोक्दा फेरि सोही ब्यक्तिहरुले कुटेको पलले बताए । मदिरापान सेवन गरेर अन्धाधुन्ध मोटरसाइकल चलाईरहेका ब्यक्तिहरुको कुटाईले पलको कपडा च्यातिएको छ भने घाटि र टाउकोमा केही चोट लागेको छ ।
घटना हुँदै गर्दा आएका प्रहरीलाई पनि ती ब्यक्तिहरुले हातपात गरेका छन् । बाईकमा रहेका ४ जना मध्ये २ जनालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ भने २ जना बाईकमा फरार रहेको प्रहरीले बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्