पूर्वराष्ट्रपतिको उपचार खर्च सरकारले ब्यहोर्ने

काठमाडौं – पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले भारतको चण्डिगढीस्थित अस्पतालमा उपचार गराउँदा लागेको खर्च उपलब्ध गराउने निर्णय गरेको हो।

बिहीबार आयाजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी गराएका हुन्। उपचारसँग सम्बन्धित बिलको आधारमा भारतस्थित नेपाली दूतावासमाफर्त सम्पूर्ण खर्च तिर्ने निर्णय भएको मन्त्री बाँस्कोटाले बताए।

यस्तै, मन्पिरिषद्को बैठकले जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी भएको शम्भूप्रसाद मण्डलको नेपाली नागरिकता खारेज गर्ने निर्णयसमेत गरेको छ। सरकारले तीन जना एआईजी सरुवा गर्ने निर्णयसमेत गरेको छ।

एआईजी ठूले राई पुष्कर कार्की र धीरु बस्न्यातको सरुवा गरिएको हो। सरकारले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि एक वर्ष दुई महिना १५ थप गर्ने निर्णयसमेत गरेको छ।

Advertisement