श्रीमानले बेवास्ता गरेर साहारविहीन मिर्गौलापीडित टीकाद्वारा सहयोगको अपिल

उदयपुर – श्रीमानले समेत बेवास्ता गरेर साहारविहीन भएकी दुवै मिर्गौलापीडित महिलाले उपचारमा खर्च सहयोग गरिदिन अपिल गरेकी छिन्।

तीन वर्षदेखि वैदेशिक रोजगारीको शिलशिलमा कतार पुगेका श्रीमान् सम्पर्कविहीन भएपछि मिर्गौला रोगी टीका बस्नेत थापाले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेकी हुन्। केही वर्षअघि उदयपुरको चौदण्डीगढी नगरपालिका ९ हडियाकका तेजबहादुर थापासँग विवाह गरेकी टीकाले भनिन्, ‘कतार गएका श्रीमानले बेवास्ता गरे, दुवै मिर्गौलामा रोग देखा परेको छ, अहिले श्रीमानको सहारा नपाएपछि आफूलाई माइती र आफन्तहरूको सहयाग पाएकी छु।’ उदयपुरगढी गाउँपालिका वडा ७ बिजनबारी नेपालटारमा रहेका माइतीको सहारामा बसेकी टीकाले उपचारको क्रममा लाखौँ भएको र विगत ४ वर्षदेखि दुवै मिर्गौला फेल भएपछि उपचार गर्न खर्च नभएको बताइन्।

‘श्रीमानले आफूले अर्कै विवाह गरिसकेको भन्दै बेवास्ता गरे,’ उनले भनिन्, ‘एक वर्षसम्म खर्च पनि व्यहोरिदिनु भयो, पछिल्लो तीन वर्षदेखि अर्को विहे गरिस् भन्दै हेला गर्नुभयो, उपचार गर्न पाइन।’ श्रीमानले समेत बेवास्ता गरेपछि ५ वर्षीया एक छोरीसहित आफ्नो बिचल्लीत भएको गुनासो टीकाले गरेन्। ‘श्रीमानलाई वैदेशिक रोजगारबाट झिकाई आफ्नो उपचारको व्यवस्था मिलाइदिन र उपचारको लागि आर्थिक सहयोग गरिदिन अनुरोध गर्दछु,’ उनले भनिन, ‘आर्थिक अवस्था कम्जोर भएर मिर्गौला फेर्न सक्दिन, डाक्टरहरूले बाँच्नको लागि मिर्गौला फेर्नु पर्छ भनेका छन्।’ मिर्गौलापीडित टीकाले टिचिङ हस्पिटल महाराजगञ्ज काठमाडौंमा निरन्तर डायालासिस र पिस्टुला गर्दै आएकी छन।

आफू बाँच्न चाहने र छोरीको भविष्य उज्वल बनाउन उनी चाहान्छिन्। ‘मृगौला प्रत्यारोपन गराउन २० देखि २५ लाख खर्च लाग्ने सुझाव डाक्टरहरूले भनेका छन,’ उनले भनिन, ‘त्यतिधेरै पैसा जम्मा गर्ने परिवारको कुनै पनि आर्थिक स्रोत छैन, कसरी उपचार गर्नु, बाँच्नको लागि चन्दा अपिल गरेको हुँ।’ उनले अहिलेसम्म १४ लाखभन्दा बढी खर्च उपचारको लागि गरिसकेकी बताउँछिन्। ‘आफ्नो आर्थिक अवस्था राम्रो नभएको कारण आफ्नो जिन्दागी बचाउन सबैसँग आर्थिक सहयोगको मागेकी हुँ,’ उनले भनिन्, ‘तत्कालै श्रीमानलाई वैदेशिक रोजगारबाट झिकाइ आफ्नो जीवन रक्षा र छोरीलाई पठनपानको व्यवस्थाका लागि वातावरण मिलाइदिन विभिन्न संघ संस्थासँग सहयोग पनि मागेकी छु।’

उनले उपचारको लागि आर्थिक सहयोगको गर्न चाहानेको लागि मोबाइल नम्बर ९८१५७०६२८३ मा सम्पर्क गर्न सक्नुहुने भन्दै राष्ट्रिय बाणिज्य बैंक शाखा गाईघाटमा रहेको खाता नम्बर २०९००२६९५४१० समेत जानकारी दिइन। ‘श्रीमानले समेत बेवास्ता गरे, घरेलु हिंसामा परेँ,’ उनले भनिन, ‘आर्थिक सहयोग गरेर भए पनि बचाइदिनुहो, छोरीको लागि पनि बाँच्न चाहान्छु।’

Advertisement