एनआइसी एसिया बैंकको विद्युतीय भुक्तानी गर्दा क्यास ब्याक तथा छुट अफर

एनआइसी एसिया बैंकले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा विद्युतीय भुक्तानी गर्दा क्यास ब्याक तथा छुट अफर सञ्चालन गरेको छ । योजनाअन्तर्गत बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत झुक्तानी गर्दा १० प्रतिशत तथा १ हजार रुपैयाँसम्म पाउनेछन् ।

योजनाअन्तर्गत दराज तथा खल्तीमा अनलाइन झुक्तानी गर्दा तथा बैंकको क्युआर पेमेन्ट सिस्टमबाट झुक्तानी गर्दा क्यास ब्याक तथा छुट पाइनेछ । साथै, पिओएसबाट झुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम् ५ सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ भने बैंकको मोबाइल बैंकिङबाट एनटिसी तथा एनसेलको टपअप रिर्चाज गर्दा १० प्रतिशत वा १ सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ ।

योजना राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस १९ वैशाखको दिनमात्र लागू हुने बैंकले जानकारी दिएको छ । हाल बैंकले २८१ शाखा कार्यालय, २८९ एटिएम, ३९ एक्सटेन्सन काउन्टर एवं २३ शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement