प्रचण्डले पत्रकार र प्रेसको यसरि खुलेर प्रसंसा गरे

काठमाडौं – नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रेस र पत्रकारका कारण नै अहिलेको अवस्थामा आइपुगेको बताएका छन्। आइतबार बिहान ज्ञापन पत्र बुझाउनका लागि निवास खुमटारमा पुगेको पत्रकार महासंघको टोलीसँग प्रचण्डले आफूले उठाएका एजेण्डालाई पत्रकारले नै जनता समक्ष पुर्‍याई सहयोग गरेको दाबी गरे।

‘हामीले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताको मुद्दा उठाउँदा तपाईहरुले साथ दिनुभयो। उनले भने–‘पत्रकार महासंघ सुरुदेखि हाम्रो एजेण्डा, हामीले उठाएका विषयमा सकारात्मक बनिदियो।

आफूहरुले उठाएको मुद्दा जनतासम्म पुर्‍याउन पत्रकार महासंघले संस्थागतरुपमा र समग्र प्रेसले भूमिका खेलेको भन्दै उनले सह्राना गरे। ‘म अहिले जहाँ छु, पत्रकार र प्रेसकै कारण भएको हुँ।’ दाहालले भने।

आफू प्रधानमन्त्री हुँदा प्रेसको पक्षमा केही नीतिगत निर्णय गरेको उनले दाबी गरे। अहिले सरकार सञ्चालन गर्नेहरु सबैजसो जेलनेल भोगेर प्रेसलाई सहयोगका लागि गुहार्दै हिडेकाहरु नै भएकाले अभिव्यक्ति र प्रेस स्वतन्त्रताप्रति ढुक्क हुन उनले सुझाए। दहालले भने ‘संविधानले पनि प्रेस स्वतन्त्रताको ग्यारेन्टी नै गरेको छ। जे प्रावधान संविधानमा छ। पत्रकारकै हक हितको पक्षमा दिशा निर्देश गरेको छ।’

प्रेस सम्बन्धी कानुन बनाउँदा सरोकारवालासँग छलफल गरेर बनाउनु पर्ने कुरामा आफू सहमत रहेको उनले सुनाए। यस बारे आफूले पार्टीमा कुरा राख्ने पत्रकार महासंघको माग सरकार समक्ष पुर्‍याउन गहल गर्ने दाहालले आश्वासन दिए।

‘कानुन बनाउँदा वालाहरुसँग सल्लाह गरेर गर्नुपर्दथ्यो। प्रधानमन्त्रीलाई भेटनु भयो भने झन राम्रो। म पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँछु।’ उनले भने
महासंघ पत्रकार महासंको टोलीले आइतबार प्रचण्ड निवास पुगी पत्रकार जितेन्द्र महर्जनको रिहाई, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, नीति तथा कानुन निर्माण प्रेसमैत्री हुनुपर्ने लगायतका १६ बुँदे माग राखी ध्यानाकर्षण पत्र अहिले विहान बुझाएको थिया।

Advertisement