रेणु दाहाललाई गालि गर्नेलाई एकपटक चितवन आएर विकास हेर्न आग्रह

चितवन महानगर प्रमुख रेणु दाहाललाई लिएर अनेक टिका टिप्पणीहरु हुने गर्छन् । निर्वाचनमा मतपत्र च्यातिएको विषय देखि लिएर नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को छोरी भएकाले नै मेयरको टिकट पाएको विषयसम्म अतिरन्जित बनाइने गरेको छ। यद्यपि, उनी राजनीतिक पृष्ठभूमि नै नभएकी भने होइनन् ।

२०७४ सालको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा तत्कालीन माओवादी केन्द्रका तर्फबाट तत्कालीन एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले पराजित गर्दै महानगरको नेतृत्व सम्हालेकी दाहालले सोहि वर्ष महानगरलाई उत्कृष्ट बनाउन सफल भएकी थिइन्। दाहालको नेतृत्वमा छोटो समयमै धेरै काम भएपछि भरतपुर महानगर वर्षकै उत्कृष्ट घोषित भएको थियो ।

पछिल्लो समय चितवनमा विकासको लहर छाएको खबरहरु मेडियाहरुमा छाउन थालेका छन्। यसै बीच सामाजिक अभियन्ता बिनय जंग बस्नेत र पबित्रा लामाले पनि चितवन महानगरको भ्रमण गरेका छन्। आफुहरुले माईतिघर मण्डलाहरुमा चितवन बारे नकारात्मक टिप्पणीहरु व्यक्त गरेको प्रति आत्मा आलोचित हुदैन चितवनको विकास देखेर लाज लागेको प्रतिक्रिया दिएका छन्। अरुले भनेको सुनेको आधारमा मात्रै बोल्न नहुने रहेछ भन्दै उनीहरुले स्वयम् आफैले चितवनको विकास देखेर दङ्ग परेको बताएका छन्। अभियन्ता बस्नेतले चितवन बाहिर बसेर मेयर रेणु दाहाललाई गालि गर्नेलाई एकपटक आएर यहाँको विकास हेरी दिन समेत आग्रह गरेका छन्।