अर्बपति विनोद चौधरी भन्छन् ‘जनताको हित र नेपालको समृद्धिका लागि राजनीतिमा लागेँ’

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं सांसद विनोदकुमार चौधरीले समृद्ध नेपाल निर्माणका लागि आफू राजनीतिमा होमिएको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको अन्तरक्रियामा कार्यक्रममा बोल्दै सांसद चौधरीले राजनीतिको प्राथमिकता फेरिदै गएको सन्दर्भमा राजनीतिबाटै समृद्ध नेपाल बनाउन आफू सक्रिय रहेको बताउनु भएको हो ।

उद्योगीका रुपमा आफूले नेपालको निजीक्षेत्रलाई अहिलेको अवस्थामा ल्याउन गरेको योगदानले नीजिक्षेत्रलाई सम्मानजनक अवस्थामा पुर्याएको भन्दै चौधरीले अब बृहत्तर जनताको हितका लागि आफू राजनीतिमा सक्रिय हुने बताउनुभयो ।

‘कुनैपनि देशको विकासका लागि राजनीति सही दिशामा चल्नुपर्ने उहाँको तर्क थियो । सबैकुरा ठीकठाक भएपनि राजनीति बिग्रियो भने देश नबन्ने उहाँले दावी गर्नु भयाे। राजनीतिलाई जनता र समृद्धिसँग जोड्ने संकल्प मैले लिएको पनि उहाँले बताउनु भयो ।

विद्यार्थीहरुले राजनीतिमा आएर विवादित भएजस्तो लाग्दैन भनेर गरेको प्रश्नमा जवाफ दिदैं सांसद चौधरीले भने अन्य क्षेत्रबाट गरिने परिवर्तनको सीमा हुने तर राजनीतिबाट बृहत्तर जनताको पक्षमा काम गर्न किन नसकिने भन्दै आफू राजनीतिमा आउँदा विादित नहुँने बताउनु भयोे। उहाँले युवाहरुको उद्यमशीलता र सिर्जनाशीलताबाट नै समृद्ध नेपाल सम्भव भएकोभन्दै राजनीतिले युवाहरुलाई अवसर दिनुपर्ने उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन अध्ययन गर्ने १ हजार बढी विद्यार्थीसंग अन्तरक्रिया गर्दै चौधरीले सफल उद्योगका लागि चुस्त व्यवस्थापन आवश्यक परेजस्तै सफल राष्ट्रका लागि पनि व्यवस्थापकीय क्षमता भएको नेताको आवश्यकता रहेको बताउनुभयो ।

Advertisement