‘जातकाे प्रश्न’ कार्यक्रमप्रति आपत्ति जनाउँदै राजेश हमालको पुत्ला दहन

क्रिश्चियनको प्रचारमा लागेको भन्दै हिन्दु समर्थकहरुले राजेश हमालको पुत्ला जलाएका छन्।

समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनमा सुरु गरेको ‘जातको प्रश्न’ कार्यक्रममा हमालले नेपाली हिन्दु समाजको वदनाम गरिहेको भन्दै राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाण्डौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाएका हुन् ।

हिन्दु विरोधी र चर्चवाट परिचालित ब्यक्तिलाई कार्यक्रममा वोलाएर नेपाली समाजको हुर्मत लिने काम गरेपछि हमालको पुत्ला जलाईएको अभियानका राष्ट्रिय संयोजक विनय यादवले वताए । हमालले जातका प्रश्न नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफि माग्नु पर्ने हान्दै उनीहरुले आक्रोश ब्यक्त गरेका थिए।

नेपालका दलित समुदाय विरुद्ध हुदै आएको जातीय उत्पीडन तथा दमन अन्त्यबारे प्राज्ञिक संवाद गर्नका लागि समता फाउन्डेसनले ‘जातको प्रश्न’ नामक एक टेलिभिजन कार्यक्रम प्रसारण गर्दै आइरहेको छ।

Advertisement