प्रधानमन्त्रीले एकलौटी राजदूत नियुक्ति गरेपछि नेकपामा फेरि विवाद

काठमाडौँ — पछिल्ला राजनीतिक नियुक्तिलाई लिएर नेकपामा फेरि विवाद जन्मेको छ ।

पार्टी निर्णयको २० दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा महत्वपूर्ण नियुक्ति गरेपछि नेकपामा केही दिन अगाडिमात्रै शान्त भएको विवाद फेरि उठेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री यूवराज खतिवडा र बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्ति गरेकोमा नेकपामा असन्तुष्टि देखिएको छ । वैठकले मुख्य सचिवमा शंकरदास वैरागिलाई नियुक्त गरेको छ ।

पार्टी निर्णय विपरित सरकारले महत्वपूर्ण नियुत्ति गरेको र यसबारे अव पार्टी सचिवालयमा प्रवेश पाउने नेताहरुले बताएका छन् । स्थायी कमिटी र सचिवालयको निर्णय विपरित प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेकोमा अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका धेरैजसो सदस्य असन्तुष्ट बनेका छन् ।

Advertisement