प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा भन्छन्, ‘कुलमानको वाह वाहा गर्नेहरु पाखे हुन’

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान घिसिङको वाहा वाहि गर्नेहरुलाई पाखेको संज्ञा दिएका छन् ।

मंगलबार प्राइम टाइमस टेलिभिजनको एक अन्तर्वार्तामा प्रधानमन्त्री केपि शर्मा ओलिका प्रेस सल्लाहकार सुर्य थापाले कुलमान घिसिङको वाहा वाहामा लागेकाहरुलाई “पाखे” शब्दको प्रयोग गरेका हुन् ।

कार्यक्रममा प्रस्तोताका रुपमा पत्रकार ऋषि धमलाले कुलमानजीकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको हो नि ? भनेर प्रश्न सोध्दा थापाले यस्तो बताएका हुन् । उनले भने,‘त्यसो भन्नेहरु पाखे हुन् । उहाँहरुको त्यो सन्तुलित विचार, बुझाई र दृष्टिकोण होईन् ।’

थापाले अघि भनेका छन्,‘कुलमानजी भगवान होईन, उहाँ मानिस हो । तपाईं मानिस हो । म मानिस हो । हाम्रो प्रधानमन्त्रीज्यू मानिस हो । कुलमानजीपनि मानिस हो । जनताले सडकमा उत्रिएर भगवान भनेपनि हामीले भगवान भन्छौं त । हामी मान्छे हो ।’

Advertisement