कुलमानको समर्थनमा राजधानीका ठाउँमा प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

काठमाडौं – विद्युत प्राधिकरणबाट मंगलवारमात्र बिदा भएका निवर्तमान प्रबन्ध निर्देश कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ।

मंगलबार प्राधिकरणले कुलमानको बिदाइ गरेसँगै उनका समर्थकहरुले पुनर्नियुक्तिको माग गर्दै राजधानीको बालाजु, माइतीघरलगायतका स्थानमा प्रदर्शन गरेका हुन् ।

घिसिङलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न माग गर्दै समर्थकहरूले बुधबार दिउँसो प्रदर्शन गरेका थिए। प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले पानीका फोहरा समेत प्रहार गरेको थियो।

उनको पुनर्नियुक्ति नगरिए बिजुली माफियाले पुन लोडसेडिङ गराउन सक्ने आशंका आम सर्वसाधारणको छ । तर, सत्तारुढ दलभित्रनै स्वास्थ्य नमिल्दा नियुक्ति हुने नहुने अन्योल कायम छ ।

Advertisement