कोरोनालाई जितेर घर फर्किए काठमाडौंका मेयर

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बसेका मेयर शाक्य आइतबार अपरान्ह भोटेबहालस्थित निजी निवासमा फर्किएका हुन् ।

पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको निजी सचिवालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार केही दिन निवासमा आराम गरेर उनी काममा फर्किने छन्। भदौ १५ गते उनमा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टिपछि होम आइसोलेसनमा बसेका उनी १३ औं दिनमा निको भएका हुन्।

Advertisement