विष्णु पौडेल सेल्फ आइसोलेसन

नेकपा महासचिव विष्णु पौडेल सेल्फ आइसोलेसनमा बसेका छन् ।

अंगरक्षक (पीएसओ)मा कोरोना संक्रमण पुष्टि भएपछि पौडेल आइतवारदेखि घरमै आइसोलेसनमा बसेका हुन् । शुक्रवार पौडेलसँगै पीएसओले पनि कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । महासचिव पौडेलको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

स्वाब दिइसकेपछिको अवधिमा पनि ती पीएसओ पौडेलसँग क्लोज कन्ट्याकमा रहेकाले उनी सेल्फ आइसोलेसनमा बसेका हुन् ।

संक्रमित पीएसओलाई भने प्रहरी अस्पातालको आइसोलेसनमा भर्ना गरिएको छ ।

Advertisement