साम्राज्ञीले गरिन् नयाँ फिल्ममा सम्झौता

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘प्रेम गीत ३’ अभिनेता मनिष राउतसँग रोमान्स गर्ने भएकी छन् ।

‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेल द्वारा निर्देशित चलचित्रमा मनिष राउत सहित साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मा देखिने भएका छन् । तीनै कलाकारसँग बिहिबार निर्माण टिमसँग कागजी सम्झौता गरेका छन।

सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको नाम भने फाइनल भएको छैन । ।
samragyee new film
फिल्मको मुख्य अभिनेत्रीका रुपमा आना शर्मा समेत छानिएकी छन् । ३ कलाकारसँग निर्माण युनिटले बिहीबार सम्झौता गरेको छ । प्रवेश पौडेलको निर्देशन रहने फिल्मको नाम भने जुर्न बाँकी छ । फिल्म यूवा मनोविज्ञानको कथामा निर्माण हुन लागेको हो ।

कोरोना महामारी सहज भएपछि फ्लोरमा जाने बताइएको फिल्ममा ‘डक्टर डेनिम’ को प्रस्तुति, छत्रजंग पाण्डे र अनुप पौडेल निर्माता रहेका छन् । फिल्मका सहनिर्माता करन साउद हुन् ।

Advertisement