राजधानीमा एकै दिनमा झन्डै पन्ध्र सय सवारी चालक कारवाहीमा

काठमाडौं –काठमाडौं उपत्यकामा आइतबार ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ४१४ जना सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले उनीहरुलाई कारवाही गरेको हो ।

महाशाखाका अनुसार आइतबार लेन उल्लंघन गर्ने १३५ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १२० जना, मदिरा पिएर सवारी साधन चलाउने ७० जना सवारी चालक कारवाहीमा परेका छन् । यस्तै, अनावश्यक हर्न बजाउने ४३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने १३ जना सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौ उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा आइतबार ४४ जना ट्याक्सी चालक कारबाहीमा परेका छन् । यात्रुसँग बढी भाडा लिनकोे लागि मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकलाई कारबाही गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले ‘अन्य’ शीर्षकमा ९४६ सवारी साधनका चालकलाई कारवाही गरेको छ ।

Advertisement