सरिता गिरीले गलत बोलेको छैन : लक्ष्मणलाल कर्ण

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले पार्टी नेतृ सरिता गिरीले राष्ट्रियहित विपरित नबोलेकाले राष्ट्रद्रोहीको आरोप लगाउन नमिल्ने बताउनुभएको छ ।
उहाँले संसदमा बोल्दै नबोलेको विषयलाई उचालेर एक नारीमाथि राज्यले अभद्र व्यवहार गर्न नमिल्ने भन्दै सडकमा छेकेर कुट्ने र घरमा आगोलगाउन जाने काम गलत भएको बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता कर्णले गिरीलाई कारवाहीका लागि आफ्नो पार्टीले विज्ञप्ती निकाल्न आवस्यक नभएको भन्दै बाहिर आएको विज्ञप्ती संघीय समाजवादी पार्टीको भएको बताउनुभयो । उहाँले अहिले सम्म पार्टी एक नभएको र संसदीय दलको संयुक्त बैठक समेत नबसेकाले गिरीमाथि पार्टीबाट कारवाही नहुने धारणा राख्नुभयो ।

उहाँले गिरीले राष्ट्रियहित विपरित संसदमा बोलेको भए सभामुखले अनुशासनको कारवाही गर्न सक्ने भन्दै भोली पार्टी एक भएपछि बोलेको कुराको प्रमाण भेटिए र आवश्यक ठाने पार्टीले पनि कारवाही गर्न सक्ने बताउनुभयो । संसदमा गिरीले नक्साले मात्र जमिन फिर्ता नआउने र यो विषयमा भरतसँग सोधेर गर्नुपर्ने भनि राखेको भनाई राष्ट्रघाती नभएको कर्णको तर्क छ ।

उहाँले भन्नुभयो,‘सरिता गिरीलाई कारवाहीको कुरा आएको छ तर, प्रमाण छैन । हाम्रो पार्टी पनि एक भएको छैन । संसदीय दलको ज्वाइन्ट बैठक भएको छैन । उनी कहा बोलिन रेकर्ड हुनुपर्यो । संसदमा बोलेका विषयमा अनुसासनको कारवाही गर्ने कुरा सभामुखको हो । त्यसपछि पार्टीले आवस्यक परे कारवाही गर्छ । गिरीले संसदमा बोल्दा पनि त्यस्तो भनेको हैन । उहाँले नक्सा निकाल्दा जग्गा फिर्ता हुदैन भनेको हो भारतसँग सल्लाह गरेर गरौ भनेको हो’ ।

गिरी भन्दा यसअघिका शासकहरु देश द्रोही भएको भन्दै नेता कर्णले भन्नुभयो,‘उहाँमाथि आरोप लगाउनु हुदैन । यो देश सरिता गिरीको पनि हो । सरिता गिरीले लिपुलेक भारतको भन्दैमा हुन्छ । सडकबाट सरिता गिरीलाई हटाउन सक्दैन । म सरिता गिरीको प्रबक्ता छैन । उ मेरो पार्टीको हैन । हाम्रो पार्टी बक्तब्य निकालेको हैन । त्यो समाजवादी पार्टीले निकालेको हो । १९५० सन्धी सरिता गिरीले गरेको हैन । त्यहाँ सेना राख्न गिरीले दिएको हैन । अहिले सम्म सरिता गिरीले जमिन फिर्ता नलिएको हैन् । राष्ट्रितामा आच पुर्याउने सरिता गिरी हैन, यो देशका शासक हुन । सरिता गिरीलाई तर्साएर जमिन फिर्ता हुदैन’।

Advertisement