संविधान संशोधनबारे भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु : देउवा

काठमाडौँ – संविधान संशोधनको प्रस्तावमा नेपाली कांग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्।

बुधबार राति ट्विट गर्दै देउवाले नयाँ नक्साबारे संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको बताउँदै भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गरेका हुन।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग रहेको बताउँदै उनले संशोधन प्रस्तावबारे संस्थागत निर्णय भने केन्द्रीय समितिको बैठकबाट गर्ने जानकारी दिएका छन्।

Advertisement