नेपालको नयाँ नक्सा सार्वजनिक, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिइने

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्बाट लिम्पियाधुरासमेत समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ। नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम बुधबार नेपाल टेलिभिजन मार्फत सार्वजनिक गरिएको हो।

नेपाल सरकारले जेठ ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार जारी गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साको संयुक्त राष्ट्रसंघ (यूएन) लगायतका अन्तर्राष्ट्रिय संस्था र समुदालयलाई पनि जानकारी दिने तयारी गरेको छ ।
Nepal new map
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार नयाँ नक्सा जारी गरेकी थिइन् । यो सँगै सरकारले अब परराष्ट्र मन्त्रालयमार्फत् अन्तर्राष्ट्रिय संस्था र समुदायहरुलाई नेपालको नयाँ नक्साबारे जानकारी दिने तयारी गरेको हो । भूमि व्यवस्था मन्त्रालयले यसका लागि परराष्ट्रलाई पत्र पठाउँदैछ ।

परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘नेपालले औपचारिक रुपमा नै नक्सा जारी गरेपछि सबैले थाहा पाउने हुन्छ । तैपनि जानकारी गराउनु पनि उचित हुन्छ ।’ उनले अहिलेसम्म भूमि व्यवस्था मन्त्रालयबाट परराष्ट्रलाई पत्र नआएको भए पनि पत्र आएपछि अन्तर्राष्ट्रिय संस्थाहरु र मुलुकहरुलाई आफ्ना कुटनीतिक नियोगबाट जानकारी गराउने बताए ।

Advertisement