राजधानीमा नेविसंघको मसाल जुलुस

काठमाडौं – लिपुलेकमा भारतले सडक बनाएको विरोधमा प्रदर्शन गर्न पुगेका नेविसंघ अध्यक्ष राजीव ढुंगानालगायत नेता कार्याकर्तालाई रिहाईको माग गर्दै मसाल प्रदर्शन गरेको छ।

नेविसंघ र नेपाली काङ्ग्रेस तारकेश्वर नपा ४ को आयोजनामा नेविसंघका नेताहरुको निशर्त रिहाइको माग गर्दै गरिएको तारकेश्वरको लोलाङदेखि बाइपाससम्मको मसाल जुलुससहित विरोध प्रदर्शन गरेको हो। भारत सरकारको कदमको विरोध गर्दै नेविसंघले दिउँसो प्रदर्शन गरेको थियो। प्रदर्शनस्थलबाट पक्राउ परेका नेविसंघ नेताहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।

नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्व मा भएको प्रदर्शनमा, नेपाली काङ्ग्रेस तारकेश्वर वडा ४ का सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटालगायतको उपस्थिति रहेको थियो। उनीहरुले भारतीय विस्तारवाद र चीन सरकारले सगरमाथामाथि लगाएको गिद्धे नजरको विरोधसमेत गरेका थिए।

Advertisement