नेकपा सचिवालय बैठक सकियाे, के निर्णय भयो ?

काठमाडाैं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन ।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको पार्टी सचिवालय बैठकमा पार्टी एकताका विषय पछिल्ला समय उठेका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। सचिवालय बैठक सकिएपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी एकताको सुदृढीकरण, सरकार र केही साथीहरुले माग्नुभएको स्थायी कमिटीको बैठकको बारेमा गम्भीर छलफल भएको छ। छलफल जारी छ।’

उनले पार्टीको स्थायी कमिटीको बैठकबारे आगामी २० गते पुनः बस्ने सचिवालय बैठकले टुंगो लगाउने बताए। भने, ‘अहिलेको आवश्यकतासँग मेल खाने, जनादेशअनुसार काम गरिने र उपयृक्त निर्णय र छलफल र त्यही बैठक(सचिवालय) मा स्थायी कमिटी बैठक कहिले बस्नेबारे भन्ने टुंगो लाग्छ।

Advertisement