कतार र दुबईले सहयोग गरेका मेडिकल सामग्री आइपुगे

दुई खाडी मुलुकले नेपाललाई मेडिकल सामग्री सहयोग गरेका छन्।

संयुक्त अरब इमिरेट्स र कतारले नेपाल सरकारलाई मेडिकल सामग्री पठाएका हुन्।

दुबै देशले जहाज चार्टर्ड गरेर नेपालमा सामग्री पठाएका हुन्। विमानस्थल कार्यालय प्रमुख देवेन्द्र केसीका अनुसार दुबईबाट इतिहाद एयरवेज र कतारबाट कतार एयरवेजले सहयोग सामग्री बोकेर ल्याएका थिए।

कतारले ८ हजार १ सय ५६ किलो मेडिकल सामग्री पठाएको छ। यसमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री रहेका छन्। त्यस्तै, दुबईले ६ हजार ८ सय ७१ किलो सामग्री पठाएको छ।

Advertisement