“प्रचण्डका बेग अर्थात गति जहाँ राेकिन्छ त्यहाँ दुर्घटना हुन्छ”

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा एवम् अखिल क्रान्तिकारीका नेता दीपेश पुनले नेपाली राजनीतिमा प्रचण्ड नै मुख्य शक्तिका रुपमा स्थापित भैसकेकाले उनलाई काम गर्न दिनुपर्ने बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै दीपेश पुनले नेपाली राजनितीले प्रचण्डकै वरिपरी निरन्तर फन्को मारिरहेको बताएका छन् । प्रचण्ड नेपालको राजनीतिमा पार्टीभित्र होस् या बाहिर ठिक बेठिक जे भएपनि निरन्तर एक्सन गरिररहने नेता भएको तर अरु नेताहरु रियाक्सन मात्रै गर्ने उनको तर्क छ ।

विश्लेषकहरु भनाई लाई उद्धृत गर्दै “प्रचण्डका बेग अर्थात गति जहाँ राेकिन्छ त्यहाँ दुर्घटना हुन्छ” भनेर पुनले लेखेका छन् ।

उनको स्ट्याटस यस्तो छ :

नेपाली राजनितीको मियोको रुपमा यतिखेर प्रचण्ड छन् र प्रचण्डकै वरिपरी अहिलेपनि नेपाली राजनितीले निरन्तर फन्को मारिरहेको छ। प्रचण्डलाई मन पराउने र मन नपराउने दुबैथरी मान्छेहरु अहिले पनि नेपालमा प्रशस्तै छन् तर कतु वास्तविकता केहो भने समकालीन नेपालमा प्रचण्ड नै त्यस्ता नेता हुन् जो पार्टीभित्र होस् या बाहिर ठिक बेठिक जे भएपनि निरन्तर एक्सन गरिरहन्छन् अरु नेताहरु त्यसको केवल रियाक्सन गरिरहन्छन् । पार्टीभित्र होस् या पार्टी बाहिरको कुनैपनि संकटमा समस्या समाधानका लागि पहल र विकल्पको बाकस प्रचण्डसंग मात्र देखिन्छ। विश्लेषकहरु भन्छन : “प्रचण्डका बेग अर्थात गति जहाँ राेकिन्छ त्यहाँ दुर्घटना हुन्छ त्यसैले उनी राेकिदैनन जसरि पनि पार्टीमा छलाङ मार्छन र अन्तत प्रचण्ड नै मुख्य शक्तिका रुपमा स्थापित हुन्छन ” तसर्थ म फेरी भन्छु अध्यक्ष क• प्रचण्डलाई काम गर्न देऊ ।

Advertisement