ज्ञानेन्द्र शाही पक्राउ

काठमाडौं – भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ परेको छ ।

लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको हो । लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।

लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement