अध्यादेश फिर्ता गर्न राप्रपाको माग

काठमाडौं – सोमबार सरकारले जारी गरेका राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धि अध्यादेश फिर्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको छ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै राप्रपाले यस्तो माग गरेको हो।

‘संभावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्यमाथि आइपर्न सक्ने गम्भीर संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेश फिर्ता लिन राप्रपा सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्ने कठिन चुनौतीलाई देशले सामना गरिरहेको अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्नसमते सरकार र नेकपालाई राप्रपा आग्रह गर्दछ।’

राप्रपाका अध्यक्षद्वय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा संवैधानिक परिषद् सम्बन्धि अध्यादेशले शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने ठहर गरेको छ।

राजनीतिक दल सम्बन्धि अध्यादेशले दल विभाजनलाई प्रोत्साहन गरेको भन्दै राप्रपाले यसले प्रजातन्त्रलाई धरापमा पार्ने बताएको छ।

Advertisement