राजधानीमा एकैपरिवारका दुईजनामा कोरोना संक्रमण रहेको पुष्टि

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका आमा र छोरामा कोरोना संक्रमणको पुष्टि भएको छ भने बुहारीको पहिलो रिपोर्ट नेगेटिभ आएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट नेगेटिभ आएको हो।

‘हिजो आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ वर्षीया छोरा र ८१ वर्षीया आमामा कोरोना पोजेटिभ देखिएकोले पिसीआरबाट थप परीक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ भने बुहारीको पहिलो परीक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको छैन’, स्वास्थ्य मन्त्रालयले भनेको छ।

बुहारीको फेरि दोस्रो चरणमा कोरोना परीक्षण हुने स्रोतले बताएको छ। उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको छ। उनीहरू चैतको पहिलो साता लण्डनबाट आएका थिए।

Advertisement