क्रिस्टिना गुरुङ

काठमाण्डौमा जन्मिएर लामो समयदेखि अमेरिका बस्दै आएकी क्रिस्टिना गुरुङ ‘प्रेम गीत ३’ कि नायिका हुन् । उनि ‘प्रेम गीत ३’ को अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी थिइन् । क्रिस्टिनाले करिव २७ हजार महिलाहरूलाई पछि पार्दै ‘प्रेमगीत ३’ मा अभिनय गर्ने मौका हात पारेकी थिइन्।

नेपालमा उनले प्लस टु सम्मको अध्ययन सकेर अमेरिका गएकी थिइन् । अमेरिकाको बाल्टिमोरमा पर्ने म्यारिल्यान्डस्थित युएमबिसी कलेजमा आइटी बिषयमा स्नातक गर्दै रहेकी, क्रिष्टिनालाई बाल्यकालदेखि नै अभिनयमा रुचि थियो। परिवारसहित अमेरिकामा बस्दै आएकी उनले केहि म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।

Advertisement