भाइरल बन्यो परहरीको ‘घर बाहिर नजाऊँ है, कोरोनाले समाउला’ गीत

अहिले सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भएको छ ।

भिडियोमा एक प्रहरी जवानले सडकमा माइक बोकेर ‘घुम्तीमा नआऊ है’ बोलको गीतको भाकामा गीत गाइ रहेको देखिन्छ ।

कोरोना महमारी विश्वव्यापी फैलिएर नेपालमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेको थियो । देश ब्यापी लकडाउन गरेपछि सकारले बाहिर हिडडुल गर्न निषेध गरे पनि कतिपय मानिसहरुले सरकारको आदेशको अवज्ञा गर्दै बाहिर हिडडुल तथा जमघट गरिरहेको घटना समाचारहरुमा देख्न पढ्न पाइन्छ । लकडाउनको बेलामा उक्त भिडियो एकदमै संदेशमुलक र चेतनामुलक बनेको छ ।

उक्त भिडियो इलाका प्रहरी कार्यालय इटहरीले जनचेतना फैलाउने उदेश्यले जारि गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीको फेसबुकमा पोस्ट भएको उक्त भिडिओमा देखा परेका प्रहरी जवान हुन् धिरज लिम्बू ।

‘घुम्तीमा नआऊ है..’ गीतको भाकामा ‘घर बाहिर नजाऊँ है..कोरोनाले समाउला..’ भन्ने उक्त भिडियोमा धेरैले प्रहरी तथा जवान लिम्बुको तारिफ गरेका छन् । उनले गाएको परिमार्जित गीत ‘घर बाहिर नजाऊँ है…’ नारायण डंगोलले लेखेका हुन् ।

‘गीतको माध्यमबाट नेपाल प्रहरीले पनि सचेतना फैलाउन सक्छ है’ भन्ने लागेपछि उनी इलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीको सम्पर्कमा आएको बताउँछन्। कोरोना भाइरस मानव जातिका निम्ति भयानक हो र सबै यसप्रति सचेत हुन जरुरी रहेको भन्दै गीतकार डंगोलले आफ्नो रचनामा कसरी बच्न सकिने सुझावहरू पनि राखेका छन्।

Advertisement