७० तोला सुन चोरी भएपछी खाली पसल कुर्दै पिडित, फिल्मी शैलिमा चोरी

पूर्वी नवलपरासीको गैंडाकोटस्थित गहना पसलबाट सुन-चाँदी र नगद चोरी भएको छ ।

मोनिका सुनचाँदी पसलबाट फाल्गुण १७ गते, ७० तोला सुन र ७ लाख नगद सहित २ किलो चाँदी चोरी भएको पसलका संचालक उमेश गहतराजले बताए । १७ गते राती पसल बन्द गरेर घर गएका गहतराज, भोलि पल्ट बिहान पसल खोल्न आउँदा चोरी भएको थाहा बताउछन् ।

बीसौं वर्षा संघर्ष गरेर कमाएको पैसा र सम्पति चोरी भएपछी अहिले पिडित उमेश गहतराज खालि पसल कुर्दै आफ्नो हराएको सामान कहिले फेला पर्ला भनेर आश गरेर बसेका छन।

पीडितले आफुले चुस्त रुपमा न्याय नपाउने होकि भनेर चिन्ता ब्यक्त गरेका छन। प्रशासनले पटक पटक गुनासो गर्दा पनि हुँदैछ हुँदैछ भनेर टारेको बताएका छन।

इलाका प्रहरी कार्यालय गैडाकोटले चोरी भएको पसलमा रहेको सिसिटीभी र बजारको सिसीटिभी फुटेजको अनुसन्धान गरिरहेको बताएको छ। प्रहरी निरीक्षक चन्द्र थापाले चोरी भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताए पनि अझै दोषी पत्ता लाग्न सकेको छैन।

Advertisement